नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने
काठमाडौँ— नेपाल सरकारले डिजिटल प्लेटफर्महरूलाई नियमन गर्न कडा कदम चालेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका सामाजिक सञ्जालहरू आजदेखि निष्क्रिय बनाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिँदै भन्नुभयो, “सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय...
