लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट १२ महत्वपूर्ण निर्णय
देउखुरी । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रका विविध विषयमा १२ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकको जानकारी सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनेश पन्थीले दिएका हुन्।
️ राजधानी क्षेत्रका रोक्का जग्गा फुकुवा सिफारिस राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा रोक्का राखिएका निजी जग्गा स्थानीयको माग र पूर्वाधार विकास प्राधिकरणको सिफारिसअनुसार संघीय सरकार समक्ष शर्तसहित फुकुवा गर्न सिफारिस गर्ने निर्णय भएको छ।
राप्ती गाउँपालिकाका सम्पूर्ण वडा
गढवा गाउँपालिका वडा नं. १, २, ३ मा १ कट्ठाभन्दा सानो
शितगंगा नगरपालिका वडा नं. ८, ९ मा १ रोपनीभन्दा सानो क्षेत्रफलमा कित्ताकाट निषेध
जग्गा खरिदकर्ताले एकीकरण आयोजनाका शर्तहरू पालना गर्ने सहमति पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रदेश सचिवहरूको जिम्मेवारी तोक
मोतिराम सापकोटा – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
विनोद लामिछाने – युवा तथा खेलकुद मन्त्रालय
चुर्णबहादुर ओली – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
️ निजामती सेवा पुरस्कार मापदण्ड स्वीकृति प्रदेश निजामती सेवा पुरस्कार छनोटका लागि मापदण्ड स्वीकृत गरिएको छ। साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन र आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकका लागि अस्थायी संगठन संरचना पनि स्वीकृत गरिएको छ।
सञ्चार ऐन संशोधन र एकीकरण सञ्चार माध्यमसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न अवधारणापत्र स्वीकृत गरिएको छ।
सांस्कृतिक र अन्तर्राष्ट्रिय सम्बन्ध
नुवाकोट सांस्कृतिक डबली तिनाउ गाउँपालिकालाई हस्तान्तरण
अष्ट्रेलियाको वेन्डिगोस्थित ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासनसँग औपचारिक सम्बन्ध स्थापना गर्दै बुद्धको प्रतिमा स्थापना
विधेयक र नियमावली स्वीकृति
भूमि व्यवस्थापनसम्बन्धी विधेयकको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति
दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय

प्रतिकृया दिनुहोस्