डेढ ग्राम लागू औषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा २ पक्राउ

गुलरिया । बार बर्दिया नगरपालिका ६ बस्ने वर्ष २२ का सन्तोष गिरी र सोही ठाउँ बस्ने वर्ष १९ का नविन कँडेल डेढ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित पक्राउ परेका छन् ।
गुलरिया नगरपालिका वार्ड नं ११ गणेशपुर इलाकामा भारत बाट नेपाल तर्फ आउदै गरेका बेला उनीहरू पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक चित्रांगद दाहालले बताउनु भयो।
निजहरुको साथबाट भे ७ प ७३४९ नम्बरको मोटरसाइकल, रेडमी मोबाइल १ थान सहित नेपाली रुपैयाँ ७१०पनि बरामद भएको छ ।
सीमापार बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्दै जान थाले पछि सशस्त्र प्रहरीले अवैध ओसार पसार र कारोबार समेत हुने आशंकामा सीमामा कडाइ गर्न थालेपछि लागू औषध सहित पक्राउ पर्नेको संख्या बढ्दै जान थालेको छ ।
सीमापार बजारमा गई लागू औषध सेवन गरी आउने लाई सशस्त्र प्रहरीले कडाइ गर्न थाले पछि ओसारपसार गर्न थालेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्