September 21, 2026, Monday
५ आश्विन २०८३, सोमबार
Trending

चोरी पैठारी गरेको तोरी, ट्रयाक्टरसहित यादव पक्राउ

चोरी पैठारी गरेको तोरी, ट्रयाक्टरसहित यादव पक्राउ

कोठीयागाँउ। गुलरिया १० का ३० वर्षीय शिवराज यादव ५ लाख असी हजार मूल्य बराबरको तोरी सहित पक्राउ परेका छन्।
भारतबाट भन्सार छली चोरी पैठारी गरी १०८० किलो तोरी ट्रयाक्टरमा ल्याएको अवस्थामा साउन १४ गते दिउँसो १: ४५ मा कोठियागाउँबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालले बताउनु भयो।
बर्दिया प्रहरीले गुलरिया ११ गणेशपुरबाट १४ हजार बढी मूल्य बराबरको खाने तेल, बिंडी, सुर्ती, चीनी समेत बरामद गरेको प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले बताउनु भयो।