August 4, 2026, Tuesday
१९ श्रावण २०८३, मंगलवार
Trending

लुम्बिनी प्रदेश भरका पत्रकारको नि:शुल्क उपचारको मांग

लुम्बिनी प्रदेश भरका पत्रकारको नि:शुल्क उपचारको मांग

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेश भरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा प्रदेशभरका पत्रकारहरुको कोरोना लगायतका सबै रोगको नि: शुल्क स्वास्थ्य जांच तथा औषधि उपचारको व्यवस्था मिलाउन मांग गरेको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, उपाध्यक्ष शुक्र ऋषि चौलागाईं, महासचिव विक्रम खड्का र कोषाध्यक्ष या नाथ घिमिरे  जनसंख्या तथा परिवार कल्याण मंत्रालय बुटवल पुगी माननीय मन्त्री इन्द्रजीत थारू, प्रदेश सचिव डा. विकास देवकोटालाई भेटी प्रदेश भरका स्वास्थ्य संस्था तथा अस्पतालमा प्रदेशभरका पत्रकारको कोरोना लगायत सबै रोगको नि: शुल्क जांच र स्वास्थ्य उपचार हुने व्यवस्था मिलाउन मांग पत्र पेश गर्नु भएको हो । स्वास्थ्य मन्त्री तथा सचिवलाई भेटी कोरोना महामारीमा फ्रन्ट लाइनमा खटिएका पत्रकारलाई कोरोना विरुद्धको सबै खोप छिटो, छरितो लगाउने व्यवस्था मिलाउन, कोरोना महामारीमा सम्पूर्ण नागरिकलाई प्रदेश भरका स्वास्थ्य संस्थामा पि सि आर , इन्टीजेन् जांच, औषधि उपचार , खोप सेवा दुर्त र प्रभावकारी बनाउन मांग पत्र प्रस्तुत गरिएको कोषाध्यक्ष यम नाथ घिमिरेले बताउनु भयाे।