April 25, 2026, Saturday
१२ बैशाख २०८३, शनिबार
Trending

लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम 

लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम 

गुलरिया । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, कपिलवस्तु, प्यूठान, बांके, नवलपरासी (पश्चिम), बर्दिया, रुपन्देही र मातहत पोष्ट बाट खटिएको टोलिले लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम अन्तर्गत “चालकसँग ट्राफिक प्रहरी”  प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रम अन्तर्गत चालक, सह-चालक, साइकल चालक, यात्रु, विद्यार्थीहरु, पैदल यात्री तथा सर्बसाधरणहरुलाई प्रशिक्षण दिइएको छ । सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियम उलङ्घनबाट हुने दुर्घटना, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासनको पालना तथा दुर्घटना न्यूनिकरण सम्बन्धि बिषयमा सचेतनामुलक प्रशिक्षण गरिएको प्रदेश ट्राफिक प्रहरी प्रमुख योगेन्द्र सिंह थापाले बताउनु भयाे।