April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार
Trending

तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

गुलरिया । वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्री बालकृष्ण खाडलाई प्रधानमन्त्री शेर बहादुर देउवाले निर्देशन दिनु भएको छ। बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाँडलाई निर्देशन दिनु भएको हो। बर्दियामा कर्णाली नदीमा पानीको बह्वा बढ्न गई राजापुर १को दौलतपुर , गेरुवाको २ र ३ वडामा गरी ५ दर्जन घरहरू डुबानमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो। कर्णाली नदीबाट हुन सक्ने डुबान, कटान र बाढी प्रभावित लाई उद्दार गर्न सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल २१ नम्बर गणका गणपति नर बहादुर रावतले बताउनु भयो। कर्णाली नदी खतराको तह भन्दा उच्च तहमा रहेकाले आवश्यक सतर्कता अपनाउन स्थानीयलाई सचेत बनाइएको र उद्दारका लागि प्रहरी, सेना, सशस्त्र  प्रहरी परिचालन गरिएको प्रजिअ सन्त वहादुर सुनार ले बताउनु भयो।