March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार
Trending

एकद्वार प्रणालीबाट राहात वितरण गर्न कांग्रेस संघीय समिति बर्दिया २को आग्रह

एकद्वार प्रणालीबाट राहात वितरण गर्न कांग्रेस संघीय समिति बर्दिया २को आग्रह

गुलरिया ।  कर्णाली नदीमा आएको बाढीका कारण घर तथा धान वाली  डुबान लगायतका नोक्सानी बेहोरेका राजापुर १,३,७ र १० तथा गेरुवा १ २,३ का जनताहरू प्रति गहिरो नेपाली कांग्रेसले गहिरो सहानुभूति प्रकट गर्दै संयमता अपनाउन आग्रह  गरेको छ । वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई एकद्वार प्रणालीबाट राहात वितरण गर्न नेपाली कांग्रेसले स्थानीय तहहरूलाई अनुरोध  समेत गरेको छ ।  ने का बर्दिया संघीय  निर्वाचन क्षेत्र नम्बर २ का सभापति दीपक जंग शाहको अध्यक्षता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोपाल दहित, ने का संगठन विभाग केन्द्रीय सदस्य जन्मजय तिमिल्सिना लगायतको विशेष उपस्थितिमा बसेको बैठकले आग्रह पूर्वाग्रह नराखी क्षतिको विवरण संकलन गर्न स्थानीय यहाँहरुलाई निर्देशन दिएको हो। बैठकले बाढी प्रभावितको अवस्था बुझ्न आउन लाग्नु भएका प्रधानमन्त्री शेर बहादुर देउवालाई राजापुर क्षेत्रको कर्णाली नदीको अझ प्रभावकारी व्यवस्थापन गरी बाढी पीडितको जोखिमबाट दीर्घकालीन रूपमा गर्नु समस्या समाधानमा गर्नु पर्ने काम बारे   ज्ञापन पत्र बुझाइने नेपाली कांग्रेस केन्द्रीय संगठन विभाग सदस्य एवम् महासमिति सदस्य जन्मजय तिमिल्सिनाले बताउनु भयाे।
बैठकले बाढी पीडितको उद्दार, राहत वितरण  पुनर्स्थापनामा सक्रिय सहभागिता जनाउन  कांग्रेसका नेता तथा कार्यकर्ता  लाई निर्देशन दिएको छ।
बैठकमा नेपाली कांग्रेसका जिल्ला सचिव जंग बाहदुर मल्ल, जिल्ला सहसचिव महादेव थारू, जिल्ला सदस्य मेक बहादुर गुरुङ ,  ने का गेरूवा गाउँपालिकामा निवर्तमान  सभापति    दरबारी थारू लगायतको सहभागिता थियो।