September 18, 2023, Monday
१ आश्विन २०८०, सोमबार
Trending

उचित राहत र घाइतेको उद्दार एवं नि:शुल्क उपचार सरकारले गर्ने

उचित राहत र घाइतेको उद्दार एवं नि:शुल्क उपचार सरकारले गर्ने

गुलरिया । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले  मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तव्ध भएको बताउनु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ। दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने प्रधानमन्त्री देउवाले बताउनु भयो।सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि  सम्बन्धित सबैलाई प्रधानमन्त्री देउवाले ध्यानाकर्षण गराउनु भएको छ।  मुगु, कास्की र अछाममा भएको सवारी दुर्घटनामा परी २ दिनमा ४७ जनाले ज्यान गुमाएका छन्।