February 4, 2025, Tuesday
२२ माघ २०८१, मंगलवार

वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

गुलरिया। वन तथा वातावरण मन्त्रालयले मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीको जिम्मेवारी हेरफेर भएको छ। वन तथा वातावरण मन्त्रीसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी फेरबदल गर्नु भएको हो।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको सदस्य–सचिवमा डा. महेश्वर ढकाल नियुक्त हुनु भएको छ। ढकाल गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवबाट चुरेमा तानिनू भएको हो। सो मन्त्रालयमा चुरेका सदस्य–सचिव बद्रीराज ढुंगानालाई खटाइएको छ।
रेड कार्यान्वयन केन्द्र प्रमुखमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक दीपककुमार खराल सरुवा हुनु भएको छ। गत महीना वन मन्त्रालयका सह–सचिव प्रकाश लम्साल सेवानिवृत्त भएपछि केन्द्र नेतृत्वविहिन थियो। खरालको ठाउँमा प्रदेश २ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेल महानिर्देशक तोकिनु भएको छ।
त्यसैगरी वनस्पति विभागको महानिर्देशकमा वन मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेललाई सरुवा गरिएको छ। यसअघिका महानिर्देशक सञ्जिव राई प्रदेश १ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवका रुपमा खटिएपछि विभागले विगत दुई महीनादेखि नेतृत्व पाएको थिएन।
वन मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमुखमा मेघनाथ काफ्लेलाई जिम्मेवारी तोकिएको छ। उहाँ दुई महीना अघि प्रदेश १ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट केन्द्रमा तानिनू भएको थियो।
नयाँ जिम्मेवारी यही हप्ता हेरफेर भएकाले सबैले औपचारिक रुपमा नयाँ कार्यभार सम्हाल्न बाँकी रहेको वन मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताउनु भयो।