April 30, 2026, Thursday
१७ बैशाख २०८३, बिहीबार
Trending

महासंघ प्रदेश सदस्य चौहानको उपचार जारी

महासंघ प्रदेश सदस्य चौहानको उपचार जारी

बुटवल । नेपाल पत्रकार महासघ लुम्विनीका कार्यसमिति सदस्य विन्दु चौहानको उपचार जारी छ । उपचारको क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उहाको एन्टिजीन रिर्पोट पोजेटिभ आएको छ । पिसिआर रिर्पोट वेलुका सम्म आउँने चौहानको स्वास्थ्य स्थिति बारे प्रत्यक्ष  भेटेर जानकारी लिँदै आउनु भएका महासचिव विक्रम खड्काले जानकारी दिनु भएको छ। निमोनियाले गालेकोले आईसियुमै राखेर उपचार गर्नु पर्ने चिकित्सकको सुझाव आनुसार पहल भैरहेको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरी, कोषाध्यक्ष यम नाथ घिमिरेले प्रदेश चौधरीको राम्रो संग  उपचार गर्ने गराउने उचित प्रबन्ध मिलाउन अस्पताल प्रशासन् संग अनुरोध गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ।