June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

पत्रकार महासंघद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

पत्रकार महासंघद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

नवलपरासी । नेपाल पत्रकार महासघका केन्द्रीय महासचिव रोशन पूरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, महासचिव विक्रम खड्का सहितको टोली बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ। अविरल वर्षापछिको वाढिले पश्चिम नवलपरासीको परासी क्षेत्रमा धेरै क्षति पुर्याएको र सो क्षेत्रका दर्जनवढि पत्रकारले पनि ठूलो क्षति व्यहोर्नु परेकोले अवस्था बुझ्न स्थलगत अनुगमन गरिएको हो।   सबै साथीहरुको घरमा पुग्न नसकिए पनि  महासघ जिल्ला शाखाको समन्वयमा क्षतिको विवरण सकलन गरि आवस्यक सहयोगको पहल गर्ने प्रदेश महासचिव खड्काले बताउनु भयो। परासीका प्रभावित पत्रकार साथीहरु विचलित नभई विपत्तिको सामना गर्न अनुरोध गर्दै नेपाल पत्रकार महासंघ पत्रकारहरुको साथमा रहेको प्रदेश अध्यक्ष गिरीले बताउनु भयो।