April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार
Trending

के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आज बिहीबार नै मुख्यमन्त्री नियुक्त हुनु भएका केसीले अन्य ६ सांसदलाई मन्त्री बनाउनु भएको हो।
कांग्रेसका सांसद डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आथिक मामिला तथा योजना मन्त्री, जसपाका सहसराम यादव भौतिक पुर्वाधार मन्त्रीको रुपमा शपथ ग्रहण गर्नु भएको हो।
त्यस्तै स्वतन्त्र सांसद अजय शाही, जसपाका सुमन शर्मा रायमाझी र पूर्णमती ढेंगा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गर्नु भएको हो।
हिजो (बिहीबार) एमाले संसदीय दलका नेता शंकर पोखरेलले अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आह्वान गरेको समयमा मुख्यमन्त्रीका लागि केसीको दाबी परेको थियो । केसीलाई ४२ सांसदले समर्थन गरेका छन् ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीलाई बिहीबार आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री  पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो।