अर्थ मन्त्री जनार्दन शर्माद्वारा कार्य प्रारम्भ
लुम्बिनी पत्र । नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले अर्थ मन्त्रालयमा आजदेखी कार्य प्रारम्भ गर्नु भएको छ। कार्य आरम्भ गदै सो अवसर प्रदान गर्नु हुने अध्यक्ष क.प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरू र पार्टीप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ । दिएको अवसरलाई देश र जनताको पक्षमा सदुपयोग गर्न प्रतिबद्ध छु : अर्थ मन्त्री शर्माले भन्नु भयो। । शुभकामना दिन चाहने मित्रहरूलाई कोभिडको प्रकोप समेतलाई ध्यान दिई प्रत्यक्ष भन्दा अन्य विभिन्न माध्यम बाट सम्पर्कमा रहन उँहाले आग्रह गर्नु भएको छ । उँहालाई सहयोग गर्न चाहने सबैलाई अमुल्य सुझाव दिई मद्दत गर्न अर्थमन्त्रीले अपिलसमेत गर्नु भएको छ। अर्थमन्त्री शर्माले शुभकामना दिनुहुने सबैमा अभारसहित धन्यवाद व्यक्त गर्नु भएको छ।
प्रतिकृया दिनुहोस्