July 29, 2026, Wednesday
१३ श्रावण २०८३, बुधबार
Trending

पत्रकार महासंघ लुम्बिनी प्रदेशले ९ सय बढी पत्रकारको दुर्घटना बीमा गर्यो

पत्रकार महासंघ लुम्बिनी प्रदेशले ९ सय बढी पत्रकारको दुर्घटना बीमा गर्यो

बुटवल । लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा गरिएको छ। पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना विमा गरिएको हो। लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरुका लागि शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय विमा कम्पनी लिमिटेड भैरहवा र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच आपसी समझौता गरिएको हो। मन्त्रालयको तर्फबाट उप सचिव दामोदर भण्डारी, विमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीबीच कानुनी प्रक्रिया पुराएर सम्झौता गरिएको हो। सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पत्रकारहरुसंग समन्वय गरेर काम गर्ने बताउनु भयो ।