समाचार संक्षेप – २२ भदौ २०८२, आइतबार
हाम्रो पात्रो र ग्लोबल डायरी पुनः सक्रिय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्पर्कमा आएका एपहरूलाई पुनः सक्रिय गर्दै हाम्रो पात्रो र ग्लोबल डायरीलाई आइतबार सूचीकरणपछि पुनः सञ्चालनमा ल्याएको छ। मन्त्रालयले सामाजिक सञ्जाल चलाउन VPN प्रयोग नगर्न पनि आग्रह गरेको छ।
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत करको सिफारिस विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग घटाउन कर दर कम्तीमा ७५ प्रतिशत पुर्याउन सिफारिस गरेको छ। हाल नेपालमा सुर्तीजन्य वस्तुमा कर दर दक्षिण एसियाली मुलुकहरूमध्ये न्यून छ।
प्रधानमन्त्री ओलीको चेतावनी: देशलाई हेपेको सहन सकिँदैन नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशको गरिमा र स्वाभिमानमाथि आँच आउने कुनै पनि व्यवहार सहन नसकिने बताएका छन्। आइतबार आयोजित पार्टी कार्यक्रममा उनले राष्ट्रिय स्वाधीनता र सम्मानको पक्षमा दृढता व्यक्त गरे।
कोहलपुरमा अत्याधुनिक रङ्गशाला निर्माण हुँदै बाँकेको कोहलपुर नगरपालिका–२ स्थित १३ बिघा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको फुटबल रङ्गशाला निर्माण हुने भएको छ। यसले स्थानीय खेलकुद पूर्वाधारमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
एमालेको भावी नेतृत्वमा ओली निर्विकल्प: समूहगत नेताहरूको निष्कर्ष नेकपा (एमाले) विधान महाधिवेशनको तेस्रो दिन समूहगत छलफलमा सहभागी नेताहरूले अध्यक्ष ओलीको विकल्प नभएको निष्कर्ष प्रस्तुत गरेका छन्। गोदावरीस्थित सनराईज सभाहलमा आइतबार बिहान आयोजित बैठकमा यस्तो निष्कर्ष सार्वजनिक गरिएको हो।
VPN प्रयोग नगर्न मन्त्रालयको आग्रह सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल चलाउन VPN प्रयोग नगर्न तथा नगराउन आग्रह गर्दै यसले सुरक्षा, वैधानिकता र प्रयोगकर्ताको हितमा समस्या ल्याउन सक्ने चेतावनी दिएको छ।
चाडपर्वमा उपभोग्य वस्तु आपूर्ति सहज बनाउन निर्देशन मुख्यसचिव एकनारायण अर्यालले आसन्न चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन, मूल्य नियन्त्रण र उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
निजामती सेवा विधेयक छिट्टै पारित हुने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय निजामती सेवा विधेयकलाई छिट्टै संसदबाट पारित गराई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
२२ औँ निजामती सेवा दिवस देशभर मनाइयो भदौ २२ गते आइतबार देशभर विभिन्न कार्यक्रमसहित २२ औँ निजामती सेवा दिवस मनाइएको छ। राजधानीमा आयोजित मूल समारोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको छ। वृक्षारोपण, रक्तदान, र्याली, अन्तक्र्रिया लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका छन्

प्रतिकृया दिनुहोस्