January 11, 2026, Sunday
२७ पुष २०८२, आईतवार
Trending

बर्दियामा सार्वजनिक सेवा प्रवाहलाई अझैं प्रभावकारी बनाईने

बर्दियामा सार्वजनिक सेवा प्रवाहलाई  अझैं प्रभावकारी बनाईने

बर्दिया । मिति २०८१/०७/०४  गते जिल्ला प्रशासन कार्यालय बर्दियामा कार्यालय प्रमुखक‍ो वैठक सम्पन्न भएको छ।

वैठकमा सरुवा भई आउनु भएका कार्यालय प्रमुखहरुको स्वागत गरेको छ।

अवकाश प्राप्त कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष बखत वहादुर खड्कालाई शुभकामना, कर्मचारी मिलन केन्द्रका रिक्त पदहरुको सर्वसम्मत निर्वाचित समेत गरेको छ।

 

 

बैठकमा लुम्विनी प्रदेशका अस्पताल मध्येवाट आ. व. २०८०/०८१ को वार्षिक समिक्षामा प्रथम स्थान ल्याउन सफल वर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डे प्र. जि. अ.  रुद्रा देवी शर्मावाट सम्मानित हुनु भएको छ।बैठकले सार्वजिक सेवा प्रवाहलाई प्रभावकारी वनाउने, विकास आयोजनाका कामलाई तिव्र रुपमा सम्पन्न गर्ने, वजार अनुगमन, चाडपर्वको अवसरमा शान्ति सुरक्षा लगायतको विषयमा निर्णयहरु गरेको छ।