October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

विपत्तिको सामना संयम र एकतापूर्वक गरौं : कार्यवाहक प्रधानमन्त्री सिंह

विपत्तिको सामना संयम र एकतापूर्वक गरौं : कार्यवाहक प्रधानमन्त्री सिंह

गुलरिया । विपत्तिको सामना संयम र एकतापूर्वक गर्नका लागि  कार्यवाहक प्रधानमन्त्री प्रकाश मान सिंहले सम्पूर्णमा आग्रह गर्नु भएको छ।

बाढी पहिरोको कारण परेकाे असरबारे आज मन्त्री,सचिव र सुरक्षा निकायका प्रमुखसँग आकस्मिक रूपमा छलफल गरि राहत, उद्दार प्रभावकारी बनाउने, अवरुद्ध सडक तत्काल खुलाउने, घाइतेहरूकाे निशुल्क उपचारकाे प्रबन्ध गर्ने,अलपत्र नागरिककाे तत्काल उद्दार गर्ने गरि सम्पूर्ण मन्त्रालय एकतावद्द भएर आफ्नाेतर्फबाट गर्नुपर्ने काम तदारूकता साथ गर्ने निष्कर्ष निकालेकाे उँहाको भनाइ छ।

याे विपदकाे समयमा नागरिकलाई आश्वस्त पार्दै राज्य नागरिककाे साथमा भएकाे अनुभूति हुने गरि सरकारले काम गर्ने कार्यवाहक प्रधानमन्त्री सिंहको भनाइ छ। नागरिककाे जिउधनकाे रक्षा गर्न सरकारले कुनै कसर बाँकी राख्नेछैन  : कार्यवाहक प्रधानमन्त्री सिंहले भन्नू भयो।

बाढी, पहिरोको विपद्मा उद्दार, राहत र पुनर्स्थापना कार्य प्रभावकारी गर्न गराउन तथा उचित निकास दिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले दिउँसो १:०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गर्नु भएको छ।

बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ, भने ६४ जना बेपत्ता भएका छन् । विपद्मा परी ४५ घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताउनु भयो।

बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएकाे छ ।