April 30, 2026, Thursday
१७ बैशाख २०८३, बिहीबार
Trending

मधुवन ८ हाट बजार स्थित एक घरमा होममेड पेस्तोल जस्तो देखिने हतियार फेला

मधुवन ८ हाट बजार स्थित एक घरमा होममेड पेस्तोल जस्तो देखिने हतियार फेला

मधुवन। बर्दियाको मधुवन ८ हाट बजार स्थित एक घरमा होममेड पेस्तोल जस्तो देखिने हतियार फेला परेको छ।

मिति २०८१।०६।०९ गते साँझ ५ बजेको समयमा मधुवन न.पा.८ हाटबजार स्थित कोठारी थारूको घरमा सो हतियार फेला परेको हो।

भारत बहराईच जिल्ला मोतिपुर थाना उररा बजार उत्तर प्रदेश भारत घर बताउने सरोवर राईन नाम गरेको ब्यक्ति कोठा भाडा लिई मिति २०८१।०१।०१ गतेदेखि बस्दै आएको र मिति २०८१।०५।२० गते कसैलाई जानकारी नगराई घर छाडी गएकोमा मिति २०८१।०६।०९ गते घर बेटि आई घर सरसफाई गर्ने क्रममा TUCSON लेखिएको सेतो फाईबरको झोला भित्र राखिएको होम मेड पेस्तोल जस्तो देखिने हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियामा साँझ ६:३० बजे खबर पुगेकोमा सरोवर राईनको खोजि कार्य र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताउनु भयो।