May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

महिलाको हत्यामा संलग्न आरोपमा बर्दियामा एक पक्राउ

महिलाको हत्यामा संलग्न आरोपमा बर्दियामा एक पक्राउ

बर्दिया । बारबर्दिया नगरपालिका वडा नम्बर-५ स्थित तर्कापुर बस्ने ३९ वर्षीय मिना थारुको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ पारेका छन्।

प्रहरीले बारबर्दीया-११ जब्दी घर भएका ४० वर्षीय शिव प्रसाद थारु उर्फ पप्पुलाई पक्राउ गरेको छ ।

धारिलो हतियार प्रहार गरेर पप्पुले महिलाको हत्या गरेको प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले बताउनु भयो।

गएराती १२ बजेर २० मिनेटमा बारबर्दिया नगरपालिका–५ तर्कापुर बस्ने ३९ वर्षिय मिना थारुको घरमा गई शिव प्रसादले धारिलो हतियार प्रहार गर्दा टाउको र घाँटीमा गहिरो चोट लागेको थियो ।

गहिरो चोट लागेर गम्भिर घाईते भएकी मिनालाई उपचारको लागि नगर अस्पताल जयनगर पु¥याईएको थियो । चिकित्सकले चेकजाँच गर्दा साढे १२ बजे मृत घोषणा गरेका थिए । धारिलो हतियार प्रहार गरि शिव प्रसाद फरार भएका थिए । फरार थारुलाई नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन भएका थिए ।

खोजतलासको क्रममा बारबर्दिया नगरपालिका–५ सिटीबरेली स्थित भाग्दै गरेको अवस्थामा प्रहरीले थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए । थारुले महिलाको किन हत्या गरे अझै खुलेको छैन ।