May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

हरेक समय जनताको सेवामा खटिएका छौं : प्रजिअ शर्मा

हरेक समय जनताको सेवामा खटिएका छौं :  प्रजिअ शर्मा

गुलरिया। बर्दिया जिल्लाको प्रशासनिक नेतृत्व प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्हालिरहेकी रहनु भएको छ।

प्रमुख जिल्ला अधिकारीका रूपमा महिलाले नेतृत्व गरेका बर्दिया लगायतका आठ जिल्लाले तुलनात्मक हिसाबमा उल्लेख्य प्रगति पनि गरेका छन्।

हरेक समय जनताको सेवामा खटिनु प्रजिअको मुख्य जिम्मेवारी हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा बताउनु हुन्छ।

प्रजिअका रूपमा ३ महिना पुग्नै लाग्दा अन्य जिल्लामा भन्दा बर्दियामा चुनौती धेरै रहेको उहाँले महसुस गर्नु भएको छ।

राष्ट्रिय निकुञ्ज भएकाले मानव र जनवन्यजन्तुबीचको द्वन्द्व, चोरी/सिकारी, वन फँडानी जस्ता समस्याहरूलाई नियन्त्रण गर्नु चुनौती छ ।

अर्कोतिर खुला सिमाना भएकाले पनि चोरी, निकासी धेरै हुने गरेको उहाको भनाइ छ। जिल्लागत रूपमा समस्याहरू फरक हुन्छन् तर बर्दिया राष्ट्रिय निकुञ्ज सँगसँगै खुला सिमाना भएकाले केही बढी चुनौती महसुस गरेको छु,’ शर्माले भन्नु भयो। चुनौतीले समस्या समाधान गर्न अन्य जिल्लाको अनुभवले अगाडि बढाइरहेको छ ।

०७६ बाट नै उहाँको प्रजिअको यात्रा रोकिएको छैन् । रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक हुँदै उहाँको अहिले ५ औं जिल्लाका रूपमा बर्दियामा कार्यभार सम्हाल्दैं हुनुहुन्छ।

रामेछाप र भक्तपुरमा उनले कोभिडको रोकथामको अंगपंक्तिमा काम गर्नु भयो।। स्थानीय चुनाव पनि उहाँले शान्तिपूर्ण रूपमा सफल बनाउनु भयो । उहाले भन्नु भयो, ‘आफूमा आत्मविश्वास र टिमवर्कमा काम गर्न सकेमा जस्तो परिस्थितिमा पनि सहजै काम गर्न सकिन्छ ।’

उहाँका अनुसार प्रजिअको कुनै समयसीमा नै हुँदैन, फोन अफ गरेर बस्न पाइँदैन । सुरक्षा संगठनजस्ता सबै निकायहरूलाई ‘अलर्ट’ राख्न निर्देशन दिदै भन्नू भयो, ‘विपत् कतिबेला कहाँ घट्छ थाहा हुन्न, त्यसका लागि प्रजिअदेखि सुरक्षा निकाय सधैं अलर्ट भएर बस्नुपर्छ, यसका लागि नेतृत्वदायी भूमिकामा आफू सक्षम हुनुपर्दछ ।’

महिला प्रजिअ भएर काम गर्दा धेरै महिलाहरूमा सशक्तीकरणका लागि सहयोग पुगेको उँहाको भनाइ छ।

प्रजिअ भएर पुगेका हरेक जिल्लाका बुबाआमाले उनका सन्तानको भविष्य आफूमा देखेको शर्माको अनुभव छ ।

‘महिलाले पनि जिल्ला सम्हाल्न सक्ने रहेछन्, तिमीहरू पनि यस्तै बन्नुपर्छ भनेर अभिभावकले आफ्ना छोरीहरूलाई प्रोत्साहन गरिरहेका छन्,’ महिलाहरूले पनि आफ्ना समस्याहरू खुलेर भन्न सकेको सुनाउँदै उहाँ थप्नु हुन्छ, ‘महिला सशक्तीकरणका लागि महिला नेतृत्व नै आवश्यक छ ।’