June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

ज्यान लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा

ज्यान लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा

गुलरिया। कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया पुर्याइएको छ।
घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ ।
नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो। बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले जानकारी दिनुभयो। घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जङ्गल नजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुनसक्ने अनुमान गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा ६ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ । यहाँ तीनवटा बाघ बिरामी छन्। आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको गुनासो उहाँको छ । बाघको सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनमा पनि समस्या छ ।