भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको शिलान्यास

ठाकुरबाबा। लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश जोड्ने बहुउपयोगि भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको नेपाल सरकार वन तथा वातावरण मन्त्री माननीय डा. बिरेन्द्र प्रसाद महतोको प्रमुख आतिथ्यतामा ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा एक कार्यक्रमका बिच शिलान्यास कार्यक्रमका सु-सम्पन्न भएको छ ।
शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काग्रेसका नेता माननीय हृदयराम थानी, प्रदेशसभा सदस्य नेपाली काग्रेस लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक माननीय जन्मजय तिमिल्सिना, लुम्बिनी प्रदेश सभा सदस्य माननीय राजकुमार थारु, लुम्बिनी प्रदेश सभा सदस्य माननिय अम्बिका काफ्ले, प्रमुख जिल्ला अधिकारी नारायण रिसाल,जिल्ला समन्वय प्रमुख, बराहताल गाउँपालिका अध्यक्ष, ठाकुरबाबा नगरपालिका उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्जका बरिस्ठ संरक्षण अधिकृत, नेपाली सेनाका गणपति, विभिन्न राजनीति दलका नेता,पत्रकार तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य अतिथिहरुले बाटो निर्माण कार्य ३ महिनाभित्र सम्पन्न गरेर पुनः तेलपानी डाडामा पुगेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शिलन्यास कार्यक्रम पश्चात ठाकुरबाबा नगरपालिकाको अन्य समस्या समाधान गरिदिन तथा राष्ट्रिय निकुञ्जसँग सिमा जोडिएका तर त्यसबाट लाभको प्रत्याभुत गर्न नसकेका नागरिकको पक्षमा फरक ढंगले राज्यको प्रत्याभुति गराइ आर्थिक तथा सामाजिक पक्षमा जोड दिन विभिन्न सहयोगका कार्यक्रमको माग समावेश गरी प्रमुखले माग पत्र समेत बुझाउनु भएकोछ ।
प्रतिकृया दिनुहोस्