September 27, 2023, Wednesday
१० आश्विन २०८०, बुधबार
Trending

अपराधहरुको सफल अनुसन्धान गर्न गराउन बर्दिया प्रहरी प्रमुखको निर्देशन

अपराधहरुको सफल अनुसन्धान गर्न गराउन बर्दिया प्रहरी प्रमुखको निर्देशन

गुलरिया । बर्दियाका प्रहरी प्रमुख,प्रहरी उपरीक्षक सुधिर राज शाहीले शान्ति सुरक्षा,अमनचैन कायम गर्दै अपराधहरुको सफल अनुसन्धान गर्न गराउन मातहत प्रहरी ईकाई प्रमुख हरुलाई निर्देशन दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाद्वारा मंगलबार आयोजित कसूरको अनुसन्धान र अभियोजन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उँहाले बर्दिया जिल्लावासीलाई शान्ति सुरक्षाको महशुस हुने गरी शान्ति सुव्यवस्था कायम गर्न गराउन आफू लागि परेको बताउनु भयाे। लागु औषध, भन्सार राजश्व छलि, तस्करी र मानव वेचविखन निस्तेज पार्न आफु पछि नहट्ने उँहाको भनाई छ । जिल्लाको हरेक गल्ली गाउँ टोलमा सुरक्षाको अनुभुत गराउन आफु कटिबद्ध रहेको बताउदैं यसमा जिल्लावासीको पनि साथ सहयोग चाहिने उहाँको भनाइ छ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा बर्दिया जिल्ला अदालतका  न्यायाधिस कैलाश प्रशाद सुवेदी, न्यायाधिस टेकराज जोशी, जिल्ला न्यायाधिवक्ता नगेन्द्र लम्साल, बर्दिया जिल्ला अदालतका श्रेस्तेदार कपिल पौड्याल, सहायक जिल्ला न्यायाधिवक्ता डिल्लीराज ज्ञवाली, बर्दिया जिल्ला अदालतका तहशिलदार श्रीधर सुवेदी र बर्दिया जिल्लाका मुद्दा चल्ने प्रहरी ईकाईका कार्यालय प्रमुख तथा अनुसन्धान अधिकृतहरुको सहभागिता रहेको थियो।