निर्माण ब्यवसायी संघ बर्दियामा गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

गुलरिया। निर्माण ब्यवसायी संघ बर्दियाको नवौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले हेमन्त प्रकाश गिरीलाई निर्विरोध अध्यक्षमा र सन्तोष कुमार रेग्मीलाई निर्विरोध महासचिवमा निर्वाचित गरेको छ।
संघको वरिष्ठ उपाध्यक्षमा १ सय ४६ मत प्राप्त गरी विमल केसी विजयी हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा चन्द्रमणी लम्साल ९८ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
सचिवमा प्रकाश श्रेष्ठ ९३ मत प्राप्त गरी विजयी हुनु भएको छ । आन्तरिक सचिव तर्फ जगत प्रसाद अधिकारी ८० मत, कोषाध्यक्षमा गोविन्द कँडेल १ सय ५४ मत र सह कोषाध्यक्षमा रामचन्द्र बालन क्षेत्रीले १ सय ४८ मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा मोहन पौडेल (१२६), राजकुमार थारु (१२३), दिल बहादुर चौधरी (११३), मन बहादुर तामांग (११२), दिपेन्द्र बहादुर वुढा (११०), गणेश कुँवर (९०) र कमल भण्डारी (१०७) मत प्राप्त गरी विजयी हुनु भएको छ।
प्रतिकृया दिनुहोस्