May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

जब्दी घाटमा नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने प्रतिबद्धता

जब्दी घाटमा नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने प्रतिबद्धता

गुलरिया । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बबई नदीको जब्दी घाटमा नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले छिट्टै ठेक्का लगाउने जानकारी दिनु भएको हो।
गत वर्ष निर्माण गर्दागर्दै पुल भत्किएको थियो।
नयाँ पुल निर्माणका लागि सरकारले सक्रियता नदेखाएको भन्दै सांसद सञ्जय गौतम लगायतहरु अनशनमा बस्नु भएको थियो।
उहाँको अनशनपछि मन्त्रालयको टिम जब्दीघाट पुगेर निर्माणबारे छ्लफल गरेको थियो। भत्केको भन्दा ६ सय मिटर तलमाथि हुने गरी नयाँ पुल निर्माणका लागि ठेक्का लगाउने तयारी मन्त्रालयले गरेको छ।