जब्दी घाटमा नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने प्रतिबद्धता
- लुम्बिनीपत्र दैनिक
- ४ जेष्ठ २०८०
- 138 Shares
गुलरिया । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बबई नदीको जब्दी घाटमा नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले छिट्टै ठेक्का लगाउने जानकारी दिनु भएको हो।
गत वर्ष निर्माण गर्दागर्दै पुल भत्किएको थियो।
नयाँ पुल निर्माणका लागि सरकारले सक्रियता नदेखाएको भन्दै सांसद सञ्जय गौतम लगायतहरु अनशनमा बस्नु भएको थियो।
उहाँको अनशनपछि मन्त्रालयको टिम जब्दीघाट पुगेर निर्माणबारे छ्लफल गरेको थियो। भत्केको भन्दा ६ सय मिटर तलमाथि हुने गरी नयाँ पुल निर्माणका लागि ठेक्का लगाउने तयारी मन्त्रालयले गरेको छ।
- बर्दिया प्रशासनमा नयाँ नेतृत्वको स्वागत, सेवा प्रवाह सुदृढीकरणमा छलफल
- बर्दिया अस्पताललाई लुम्बिनी प्रदेश सरकारद्वारा सम्मान: उत्कृष्ट स्वास्थ्य सेवामा प्रथम स्थान
- बर्दियामा दुई दुःखद घटना : कम्पाइनको ठक्कर र खोलामा डुबेर बालकको मृत्यु
- नेपालगञ्ज र बर्दियामा निःशुल्क सीपमूलक तालिम सुरु हुँदै, आवेदन खुला
- बर्दियाका ताजा खबर: महिला गाइडको साहसदेखि जग्गा कब्जा र कृषि क्रान्तिसम्म

प्रतिकृया दिनुहोस्