अब डा. आरजु देउवा राणा अगाडि वढनु हुन्छ, पछाडि होइन् : बद्री सिग्देल

अब डा. आरजु देउवा राणा अगाडि वढनु हुन्छ,  पछाडि होइन् : बद्री सिग्देल

ढोढरी । झण्डै ४० वर्ष अघि हाम्रो गाउँमा रसियन जिपमा सपरिवार आदरणिय बिनोद शम्सेर राणा र प्रतिभा राणा वर्दिया स्थित ढोढरि बेलुवा आउनु हुन्थ्यो सायद हिउँदमा होला।
हामी वच्चाहरूलाई कापि, कलम, पेन्सिल र ईरेजर पनि ल्याईदिनु हुन्थ्यो । स्कुललाई जग्गा अनि अनुमति पत्र ,  शिक्षकको व्यवस्था र मेरो बुवासहित अरू बुवाहरूसँग सरसल्लाह गरिकन समाजसेवा गर्नुहुन्थ्यो ।
गाउँमा सफा ईनार र पिउने पानी भारतवाट फलफूलका बिरुवा ल्याई नि:शुल्क वितरण र मलेरिया र अौलोको दवाई वाड्नु हुन्थ्यो विनोद बुवाले। असल र ज्ञानी स्वभावका बिनोद बुवा गाउँमा आउँदा एक किसिमले विकाश , प्रगति र गुल्जार हुन्थ्यो हाम्रो गाउँ। जेठी छोरी आरजु दिज्यु र भूषण दादा अनि सानि बहिनी त उफ्रने अनि स्कुलतिर पनि आएर समय विताउने ।
पढे लेखेका सोझा र सज्जन अनि वाँके र वर्दियामा यो परिवारक‍ो छवि लोभलाग्दो आज पर्यन्त यथावत छ।सयौ विगाह जमिन र आम्दानी भएको यो परिवार हाम्रो तिर उदारणिय मानिन्छ । बाँके र वर्दियाका नेपाली कांग्रेसका नेता सुशील दा ,अंकलहरू ज्ञानुबावु , वासु, किशोर, वेदराज ,मुन्ना सहित विनोद बुवाको सवैसँग आत्मिय सम्बन्ध थियो ।
नेपाली कांग्रेसका नेता शेर वहादुर देउवाज्युलाई छोरी दिएपछि यो परिवारले राजनीतिक रूपमा पनि चर्चा पाउँने नै भयो ।
०४६ पछि सरकार र सरकारि नियुक्ति पाउनु हुने हाम्रा केही साथीहरू अहिले यो परिवार प्रति जसरि आक्षेप लगाउन उद्दत्त देख्दा हामी अचम्मित छौं।समाजसेवा र महिलाको सशक्तीकरणमा समर्पित प्रतिभा मुवा र डाक्टर आारजु राणाको लगानि धेरै नै छ है।
हुन त अरूलाई होच्चाएर आँफुलई अग्लो देखाउने तिर समाज उन्मुख छ। सम्पति चेकजाँच र अनुसन्धान सवै गरौं उहाँहरूको अनि तपाईहरूको पनि । नेपाली कांग्रेसको रूपान्तरण गरौं न नगर्ने कसले भनेको छ र? कसैको चरित्र हत्या गरेर होइन है । अदभुत क्षमता र स्तरिय काम गर्न सक्ने आरजु देउवासँग नडराउनुस स्वस्थ प्रतिस्पर्धा गर्रौं।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर कमजोर पार्ने षड्यन्त्र हुँदैछ त्यो व्यर्थ हो। आरजु देउवा जवरजस्ति दोषि वनिदिनु पर्ने? अनि अनेकका संघ संगठन उतारि सडकवाट दोषी ठहर हुने हो कि कानुन छ देशमा? फेक अडियो तिर नलाग्नुस हाम्रो गाउँमा रहेको डाक्टर आारजुको ८ विगाह जग्गाको मूल्य कति होला ? त्यो हिसाव गर्नुस।
म पनि सभापति देउवाज्युसँग २८ वर्ष देखि नजिकै रहेर काम गरेको पत्रकार हुँ। मेरो विचारमा यस्तो काममा यो परिवारको कतै संलग्नता कल्पना गर्न पनि सकिदैन । जहाँसम्म अनुसन्धान वाट प्रमाणित भयो भने सजायको भागिदार त हुनै पर्छ। म पनि निष्पक्ष छानबिनको पक्षमा छु । नेपाली कांग्रेसमा हाम्रो परिवारको योगदानको वारेमा पनि वुझ्नु होला है मित्रहरू । कहाँ के विषयमा को सँग वहस गर्नु पर्ने हो म लगायत सैयौं पत्रकार साथीहरू तयार छौं। अँ साच्चै अब आारजु देउवा राणा अगाडि वढनु हुन्छ पछाडि होइन । जय नेपाल !
(सिग्देल नेपाल प्रेस युनियनको निवर्तमान अध्यक्ष हुनु हुन्छ।)