लागू पदार्थ सेवन तथा ओसारपसार रोगबाट बालबालिका तथा युवाहरु जोगिने स्वस्फूर्त सामाजिक तथा राज्य संयन्त्र अति जरुरी

लागू पदार्थ सेवन तथा ओसारपसार रोगबाट बालबालिका तथा युवाहरु जोगिने स्वस्फूर्त  सामाजिक तथा राज्य संयन्त्र अति जरुरी

गुलरिया। बर्दियाको बढैयाताल गा.पा.वडा नं.६ बस्ने वर्ष १८ की आश्मा चौधरी ३३० मिलिग्राम लागू औषध(ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थसहित पक्राउ परेकी छिन्।
तपाईंका बाबु, नानीहरू त कतै लागू औषध सेवन तथा ओसारपसार जस्तो कुलतमा फसेकाका त छैनन् ? कृपया आफ्नो बाबु, नानीहरूको साथ संगत कस्तो छ, कहाँ जान जान्छन् के गर्छन समयमै पत्ता लगाउनु होला।
लागू औषध सेवन या ओसार पसार रोगको उपचार (कानुनी कारवाही, दण्ड जरिवाना) गर्नुभन्दा त्यो रोग लाग्न नदिन राज्य, समाज, व्यक्ति एकजुट भई कार्य गरौ। लागू औषध सेवन तथा ओसारपसार रोगबाट देशका बालबालिका र युवाहरुलाई जोगाउन स्वस्फूर्त संयन्त्र राज्यस्तरबाट नेपाल -भारत सीमामा राख्न जरुरी छ।
लागू औषधको कुलतबाट देशका युवा र बालबालिका जेल, नेल पर्ने स्थिति हुन् नदिन विद्यालयका शिक्षकहरुले पनि युवा तथा बालबालिकालाई सभ्य, अनुशासित र नैतिकवान बन्न अभिप्रेरित हुने शिक्षा, संस्कार र ज्ञानगुन प्रदान गर्न सक्नु पर्छ ।

लागू पदार्थको सेवन तथा ओसारपसारबाट आफ्ना बाबु, नानी जोगाउन परिवारले आफ्नो छोराछोरीको स्कूलले समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरको जानकारी राख्नु पर्छ।बच्चाहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्ने, खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे बिद्यालय तथा परिवारले बुझ्ने र बुझाउने गर्नु पर्दछ।  लागू पदार्थका दुव्र्यसेवनी लाई अपराधिको रुपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे निको हुन्छ भन्ने सन्देश ब्यापक रुपमा फैलाउन जरुरी छ।