विविध कार्यक्रम गरी ठाकुरबाबा नगरपालिकाद्वारा छैठौं स्थापना दिवस तथा रोजगार मेला कार्यक्रम सम्पन्न
ठाकुरबाबा । ठाकुरबाबा नगरपालिकाले विविध कार्यक्रम गरी आफ्नो छैठौं स्थापना दिवस तथा रोजगार मेला कार्यक्रम सम्पन्न गरेको छ।
नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेस नेपाली काग्रेस संसदिय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता, निवर्तमान प्रदेश सभा सदस्य लौटी थारुको बिशिष्ठ आतिथ्यता, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट बिशेष आतिथ्यता तथा बारबर्दिया नगरपालिका प्रमुख,ठाकुरबाबा नगरपालिका उपप्रमुख, इन्सोर परियोजना प्रमुख, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी,प्रहरी उपरीक्षक, नेपाली सेनाका सेनानी, ससस्त्र प्रहरी प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, सम्पुर्ण वडा अध्यक्ष पत्रकार, कर्मचारी,शिक्षक, निबर्तमान जनप्रतिनिधि लगाएको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
स्थापना दिवसको अवसरमा राखिएको रोजगार मेला कार्यक्रममा करिब ७०० जनाको उपस्थिति रहेको रोजगार मेलामा ३८ जना सहभागीले विभिन्न प्रकारको सीप माग गरेर फारम भर्नुभएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनु भयाे। रोजगारीको लागि ४० जनाले फारम भर्नु भएकोमा १२ जनालाई रोजगार दाताले रोजगारीको अवसर दिनुभएको छ कार्यक्रममा २७ गोटा रोजगार प्रदायक संघ सस्थाले आफ्नो स्टल राखेको नगर प्रमुख लम्सालले बताउनु भयो।
स्थापना दिवसकै अवसरमा रक्तदान शिविर समेत संचालन गरिएको र रक्तदान शिविरमा १२४ जनाले रक्तदान गरेका छन्
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णमा नगर प्रमुख लम्सालले हार्दिक धन्यवाद दिनुभएको छ ।
प्रतिकृया दिनुहोस्