April 29, 2026, Wednesday
१६ बैशाख २०८३, बुधबार
Trending

गौतमको नेतृत्वमा प्रेस युनियन लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति

गौतमको नेतृत्वमा प्रेस युनियन लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति

घोराही । माघ ५  गते दाङको घोराहीमा सम्पन्न नेपाली प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत रूपले अध्यक्षमा सुदिप गौतम निर्वाचित हुनु भएको छ।
कार्यसमितिको खुला उपाध्यक्षमा जय सिहं केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती, महासचिवमा नवीन गीरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेसी सचिवमा सम्सेर बिक्रम जिसी, कोषाध्यक्षमा सीपी खनाल चुनिनु भएको छ।
यस्तै सदस्यहरूमा प्रकाश रेग्मी, वसन्त वन्जाडे,  तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, विष्णु आचार्य,  पारस भण्डारी,  दिलीप खडका, प्रमोद आचार्य, रबीन सर्मा चापागाइ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सिमा भट्टराइ, ओमा कडेल, पुजा पन्थी, दुःख हरण यादव, रबीन्द्र यादब, सुरेस परीयार निर्वाचित हुनु भएको छ।
लेखा समीती संयोजकमा मुत्ती प्रसाद न्यैपाने र सदस्यहरुमा सुरेश रेग्मी र प्रकाश घिमिरे निर्वाचित हुनु भएको छ।