April 29, 2026, Wednesday
१६ बैशाख २०८३, बुधबार
Trending

बर्दिया बारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

बर्दिया बारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

गुलरिया । पुस १८ गते सोमबार सम्पन्न बर्दिया जिल्ला अदालत बार एसोसिएसनको अधिवेशनले अधिवक्ता कमल प्रसाद पान्डेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।  अधिवेशनले उदयमणि आचार्य उपाध्यक्ष, दिवाकर खनाल सचिव, सुरत बहादुर चा‌ैधरी काेषाध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले विश्वनाथ  श्रेष्ठ, देवेन्द्र राज सिग्देल, गाेपाल रेग्मी,गाेपाल पाेख्रेल,  बृजमाेहन चाैधरी, विष्णु प्रसाद पान्डे, ठाकुर सिंह थारू, कमल प्रसाद गुप्ता सदस्य  सदस्य र वसुन्धरा ज्ञवालीलाई महिला सदस्यमा चयन गरेको छ। केन्द्रीय  पार्षदमा क्रमश: देविदत्त देवकाेटा, खडानन्द तिवारी, काशिराम चाैधरो, लक्ष्मी नेपाल र जीवन कुमार शर्मा लाई  सर्व सम्मत  निर्विरोध  रूपमा  चयन गरेको छ।