December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

राष्ट्रपति रनिङ शिल्ड तथा चुरे मा बि को ५० औ स्वर्ण जन्मोत्सव सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड तथा चुरे मा बि को ५० औ स्वर्ण जन्मोत्सव सम्पन्न

ठाकुरबाबा। ठाकुरबाबा नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा चुरे माध्यमिक बिधालय बगनाहाको ५० औ स्वर्ण जन्मोत्सव एक समारोह ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितीका संयोजक तथा नगर खेलकुद विकास समितिका संयोजक टेक बहादुर बडुवाल सिजापतीको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिका प्रमुख तिलक राम लम्सालको प्रमुख आतिथ्यमा सप्पन्न भएको छ ।
पाचौं नगरस्ततिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिभुवन नमुना मा. वि. ले ८ स्वर्ण, १२ रजत र ४ कास्य पदक प्राप्त गरी प्रथम, बर्दिया एजुकेशनल एकेडमी ७ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरी द्वितीय, चुरे मा. वि. बगनाहा ५ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरी तृतीय र जगदम्बा मा. वि. मढेला ४ स्वर्ण, ७ रजत र ४ कास्य पदक प्राप्त गरी चतुर्थ स्थान प्राप्तगर्न सफल हुनुभएको छ ।
समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुखले खेलकुद प्रतियोगितामा विजेता तथा सहभागी विद्यालय र खेलाडी भाईवहिनीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
चुरे माध्यामिक बिधालयलाई ५० औ वर्षसम्म पुगाउन योगदान दिनुहुने सम्पुर्ण महानुभावहरुलाई समेत धन्यवाद ज्ञापन गर्नु भएको छ ।
पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै पदक जित्ने ठाकुरबाबा नगरपालिकाका खेलाडी भाइ बहिनि तथा खेल प्रशिक्षकलाई नगद तथा प्रमाणपत्र सहित सम्मान समेत गरिएको छ ।
छोटो समयमा खेलकुद आयोजना गर्ने जिम्मेवारी लिएर सफलतापुर्वक खेल सम्पन्न गर्न अहोरात्र लागिपर्ने चुरे माध्यामिक बिधालय, नगर खेलकुद विकास समिति, शिक्षा शाखा, सचिवालय सदस्यहरु, खेल प्राविधिकहरु लगाएत सम्पुर्णमा कृतज्ञता प्रकट गर्नु भएको छ ।