रुपन्देही ५ मा एमालेमा असन्तुष्टीको लहर निर्वाचनसम्मै

रुपन्देही ५ मा एमालेमा असन्तुष्टीको लहर निर्वाचनसम्मै

बुटवल । रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा टिकट वितरणमा भएको गुटबन्दीको प्रभाव निर्वाचनको मुखैमा आउँदासम्म पनि देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलमार्फत रुपन्देही क्षेत्र न.५ को टिकट पाएका वासुदेव घिमिरेलाई रोक्न महासचिव शंकर पोखरेलमार्फत टिकट ल्याएका एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई उम्मेद्वार बन्न नपाएपछि एमालेभित्र असन्तुष्टीको लहर निर्वाचनसम्मै देखिएको हो ।
राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक रहेका भट्टराईले चुनावका लागि बर्षौदेखि लुम्बिनी क्षेत्रमा गरेको कसरत उम्मेद्वारी नै खोसिएपछि असन्तुष्ट बनेका थिए । असोज २३ गते मनोनयनमा उत्साहका साथ पुगेका भट्टराई पार्टीभित्र पौडेल र पोखरेलको लडाईँका कारण आफुले तयार पारेको आधारभूमि मै ओझेलमा परेका हुन । ०७४ सालमा समेत भट्टराई नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलका कारण टिकट पाउनबाट बञ्चित हुनुपरेको थियो । पटक पटक धोका पाएपछि भट्टराई घिमिरेको चुनावी प्रचारमा औपचारिकताका लागि मात्रै खटिएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनालाई समेत लुम्बिनीमा ल्याएर समुदाय र त्यस क्षेत्रको विकासका लागि भट्टराईले विभिन्न अभियान सञ्चालन गर्दै आएका थिए । नयाँ अनुहार त्यो पनि टुरिष्ट उम्मेद्वार रुपन्देही क्षेत्र न। ५ मा आएपछि त्यहाँका एमाले कार्यकर्ताले समेत प्रचारमा रुची देखाएनन । ‘भट्टराई जीले लुम्बिनीमा काम गर्नुभएको थियो, हामी उहाँका लागि जे पनि गर्न तयार थियौं, घिमिरे जी नयाँ मान्छे भएकाले उत्साह नै छैन’ लुम्बिनीका एक एमाले कार्यकर्ताले भने ।
एमालेको प्रदेश सदस्य घिमिरेले टिकट पाउँदा केन्द्रीय राजनीतिमा प्रभाव राख्ने भट्टराईले प्रतिनिधिसभामा टिकट नपाएपछि एमालेको स्थानीय नेतृत्व पनि भित्रभित्रै रुष्ट बनेको श्रोतको बताउँछ । उपाध्यक्ष पौडेलले घिमिरेसँग गरेको वाचा पूरा गर्न निर्वाचन क्षेत्र न। ५ मा टिकट दिलाएपनि आन्तरीक रुपमा गुटबन्दीले घिमिरेलाई अहिले असहयोग भैरहेको छ । भट्टराईको मनोनयनमा उत्साहका साथ पुगेका लुम्बिनी प्रदेशसभाको क तर्फका उम्मेद्वार भूमिश्वर ढकाल समेत घिमिरेको उम्मेद्वारी कायम भएपछि असन्तुष्ट छन ।
ढकाल आफै प्रतिनिधिसभाका लागि इच्छुक र दावेदार रहेकोमा उनले भट्टराईका लागि संघ छाडेर पुनः प्रदेशमा दोहोरिएका हुन । आफूभन्दा जुनियर कमिटिमा रहेको नेतालाई प्रतिनिधिसभामा स्वीकार गर्नु परेको भन्दै ढकाल पनि रुष्ट छन् । ढकाल तिनै व्यक्ति हुन् जसले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ तोक्नमा निर्णायक भूमिका खेलेका थिए ।
एमाले महासचिव शंकर पोखरेलका दाहिने हात मानिने ढकालले उपाध्यक्ष विष्णु पौडेललाई