बर्दियामा चाडपर्व, निर्वाचन सुरक्षा तर्फ ध्यान केन्द्रित गर्दै सशस्त्र प्रहरी

बर्दियामा चाडपर्व, निर्वाचन सुरक्षा तर्फ ध्यान केन्द्रित गर्दै सशस्त्र प्रहरी

सुरजपुर । चाडबाडसँगै आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गईरहेको सन्दर्भमा सशस्त्र प्रहरी बल नेपालले बर्दियामा निर्वाचन सुरक्षा, परिचालन र आईपर्ने सुरक्षा चुनौती र यसको व्यवस्थापनतर्फ ध्यान केन्द्रित गरेको छ। मुख्यालयको निर्देशन अनुसार सीमा सुरक्षा, तस्करी नियन्त्रण, डेंगु र कोरोना महामारी जस्ता विपद व्यवस्थापन जस्ता नियमित कार्य पनि गर्दै आएको छ। चाडपर्व र निर्वाचन सुरक्षालाई ध्यानमा राखी गस्ती, चेकजांच लाई तिव्र र प्रभावकारी बनाइएको छ। बर्दियासँग जोडिएको परम्परागत नेपाल भारत सीमा नाकामा भारत आउजाउ गर्ने मानिसको नाम, ठेगाना, मोबाइल नम्बरदेखि सबै अभिलेख राखेर पठाउने गरिएको छ।  भारतको सीमावर्ती मुर्तिहामा भने आउजाउ गर्ने सवारी साधन अभिलेख र मानिसको संख्या टिपेर राख्ने गरिएको छ । यसैगरि भारतसँग जोडिएको आठ वटा नाकामा हेल्थ डेक्स समेत स्थापना गरिएको सशस्त्र प्रहरी बल ३१ नम्बर गण सुरजपुर बर्दियाका कार्यालय प्रमुख, गणपति जहर सिंह बुढा मगरले बताउनु भयाे। चाडपर्वमात्र होइन यो नियम निरन्तर जारी राख्न सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले सबै बिओपीलाई निर्देशन दिएको छ । तपाईं भारत जाँदै हुनुहुन्छ ? त्यसो हो भने, अब नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरी बलको सुरक्षा पोष्टमा नाम, ठेगाना, मोबाइल फोन नम्बर, जाने कारण र फर्कने समय टिपाउनु पर्नेछ : सशस्त्र प्रहरी उपरीक्षक बुढा मगरले भन्नु भयो।
बढैयाताल गाउँपालिकास्थित फुटाहा सुरक्षा पोष्टमा दैनिक हजार बढी मानिस सिमावर्ती बजार बलैगाउँमा प्रवेश गर्नुअगावै नाम दर्ता गरी आउजाउ गर्ने गरेका छन् । सीमापारि बजार पुग्दा घना जंगल भएका कारण कुनै अप्रिय घटना नहोस् भन्दै नेपाली नागरिकको बायोडाटा लिने गरिएको छ । विगतमा जुनसुकै बाटो प्रयोग गरी जंगलको बाटो जाँदा केही अप्रिय घटना भएपछि बढैया तालमा एउटै नाका प्रयोग गर्न लगाइएको सशस्त्र प्रहरी उपरिक्षक  बुढामगरले बताउनु भयो । यस बाटो हुँदै बिहानैदेखि सयौं मानिस किनमेल गर्न जाँदा उनीहरुको सुरक्षालाई ध्यानमा दिई यो नियम लागू गरिएको उँहाको भनाई छ।
बीओपी फुटाहाले बिहान ६ देखि बेलुकी मानिसलाई भारत प्रवेश गर्न दिने गरेको छ ।