April 29, 2026, Wednesday
१६ बैशाख २०८३, बुधबार
Trending

बर्दिया प्रहरी, ट्राफिक प्रहरीद्वारा जिल्लाभर यात्रु सहायता कक्ष शुभारम्भ

बर्दिया प्रहरी, ट्राफिक प्रहरीद्वारा जिल्लाभर यात्रु सहायता कक्ष शुभारम्भ

गुलरिया। जिल्ला प्रहरी र जिल्ला ट्राफिक कार्यालय बर्दियाद्वारा जिल्लाभर यात्रु सहायता कक्ष शुभारम्भ गरिएको छ ।
नेपालीहरुको महान चाड विजयादशमी तथा शुभ-दिपावली र छठ पर्वको हार्दिक मंगलमय शुभकामना सहित गुलरिया, राजापुर, सानोश्री, भुरीगाउ र बाँसगढीमा यात्रु सहायता कक्ष शुभारम्भ भई कार्य प्रारम्भ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक ईश्वरी देवकोटाले बताउनु भयाे। यात्रामा कुनै समस्या परेमा यात्रु सहायता कक्षको सहयोग लिन जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले सबैमा अनुरोध गरेको छ । सवारी साधन र यात्रुहरुको चापलाई मध्ये नजर राखि यात्रुहरुलाई पर्न जाने पिर मर्का र गुनासो सुनुवाई गर्न यात्रु सहायता कक्षले सहयोग गर्नेछ। सवारी चालक तथा सवारी धनीहरुलाई यात्रुमैत्री व्यवहार, सुरक्षित सडक प्रयोग गर्न, क्षमता भन्दा बढि यात्रु तथा मालसामन बोक्दा हुन सक्ने सम्भाव्य सवारी दुर्घटना रोक्न पनि यात्रु सहायता कक्षमा खटिएका प्रहरी कर्मचारीले मदत पुर्याउने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वरी देवकोटाले बताउनु भयाे। तोकिएको भाडादर भन्दा बढि भाडा असुल गर्न खोज्ने जस्ता कार्यलाई निरुत्साहित गर्न पनि यात्रु सहायता कक्षले सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको विश्वास छ।