April 30, 2026, Thursday
१७ बैशाख २०८३, बिहीबार
Trending

मध्यवर्ती क्षेत्रको दिगो बिकास तथा जनताको सुरक्षा सम्वन्धी छलफल

मध्यवर्ती क्षेत्रको दिगो बिकास तथा जनताको सुरक्षा सम्वन्धी छलफल

ठाकुरबाबा। बाँसगढी नगरपालिका नगर प्रमुख खडक बहादुर खड्का र बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत बिष्णु कुमार श्रेष्ठ बीच बासगढी नगर पालिका भित्र पर्ने मध्यवर्ती क्षेत्रको दिगो बिकास तथा जनताको सुरक्षा सम्बन्धि बिस्तृत योजना बनाएर अघि बढने विषयमा छलफल भएको छ ।         बासगढी न.पा. वार्ड नं ८ बेलौली खानेपानी र सिमलकुना खानेपानी योजनाको वातावरणीय प्रभाव मुल्यांकन गरि आयोजना सुचारु गर्ने सहमति भएको छ।
बासगढी न.पा. वार्ड नं ९ थुमनी र बारबर्दिया न.पा. सत्खलवा जोड्ने ग्याङ नदिमा झोलुङ्गे पुल निर्माणका लागि तत्काल संक्षिप्त बाताबरणिय प्रभाव  मुल्यांकन गरि निर्माण कार्य तत्काल सुरुवात गर्ने सहमति भएको छ।
बासगढी वार्ड २ बेतहनी अर्सेवा सिंचाइ योजना  निर्माण सुरु गर्ने, बाँसगढी न.पा. र निकुञ्ज लागत साझेदारीमा मध्यवर्ती क्षेत्र भित्रका बस्तिहरुमा जोखिम न्यूनीकरण तथा खेतिबाली संरक्षण्का लागि तार जाली निर्माण गर्ने पनि सहमति भएको छ।
बाँसगढी न.पा. वार्ड नं १ को भक्लेनी र खोटे बस्तिको उचित ब्यवस्थापन गर्ने सहमति भएको छ। दिगो बिकासका लागि मध्यवर्ती क्षेत्रका खोलानालाहरुको आई ई ई  गरि निर्माण सामाग्री उत्खनन कार्य गरि उक्त क्षेत्रलाई प्राथमिकतामा राखी उपभोक्तालाई कम आर्थिक भार पर्ने गरि निर्माण सामाग्री (ढुङ्गा, ग्राभेल, बालुवा) उपलब्ध गराउने विषयमा पनि छलफल भएको नगर प्रमुख खड्काले बताउनु भयाे।