बाँकेमा मंगलवार २५ जनामा कोरोना पुष्टि

बाँकेमा मंगलवार २५ जनामा कोरोना पुष्टि

कोहलपुर। बाँकेमा मंगलवार २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २१ जना छन् । ४ जना बाहिरी जिल्लाका हुन् ।भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा १७ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जना, खजुरा गाउँपालिकामा ४ र जमुनाहा नाकामा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । मंगलवार ७ जना निको भएका छन् ।बाँकेमा कोरोना संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । यस्तै २० हजार १६ जना निको भइसकेका छन् । अहिले बाँकेमा ६५ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।