प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन मङ्सिर ४ गते आइतबार एकैचरणमा

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन मङ्सिर ४ गते आइतबार एकैचरणमा

काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकैचरणमा गर्ने निर्णय गरेको छ ।
बिहीबार दिउँसो १ बजे बसेको  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४  गते निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाउनु भएको थियो।