April 29, 2026, Wednesday
१६ बैशाख २०८३, बुधबार
Trending

डिभिजन वन कार्यालय बर्दियाद्वारा सम्पन्न कामको अनुगमन

डिभिजन वन कार्यालय बर्दियाद्वारा सम्पन्न कामको अनुगमन

बर्दिया । डिभिजन वन कार्यालय बर्दियाबाट आर्थिक वर्ष २०७८/७९ मा सम्पादन भएका कार्यहरूको अनुगमन गर्ने कार्य सम्पन्न भएको छ। जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्टको संयोजकत्वमा सम्पन्न अनुगमनमा  डिभिजनल वन अधिकृत प्रविन बिडारी, कोलेनिका प्रमुख ध्रुवराज गौतम, सहायक वन अधिकृतहरु द्रोण राज शर्मा, टंक गुरुङ, पंकज झा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यम नाथ घिमिरे,  विभिन्न राजनितिक दलका प्रतिनिधि, संचारकर्मी नागरिक समाज संजाल, फेकोफन, पारिवारिक निजी वन, गै.स.स महासंघका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।
अनुगमन कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका बडा नं २ संगम बस्तीको खालि रहेको भुभाग करिब २५ हेक्टर भन्दा बढिमा गरिएको लुम्बिनी प्रदेश कै नमुना वृक्षारोपण स्थल समेतको अनुगमन गरिएको छ।
यस्तै हात्तिबाट बढी प्रभावित मधुवन १ छोट्की टंडुवा भलुनी भटुवा सा.व.उ. मा डिभीजन वन कार्यालय बर्दियाको सहयोगमा निर्मित मचानको समेत अनुगमन गरिएको नागरिक समाज संयोजक हिमा सुनारले बताउनु भयो।
अनुगमनमा मानव वन्यजन्तु द्वन्द न्युनिकरणका लागि मधुवन नपा बडा नं २ सोनाहा गाउँको चमेली गौडि सा.व.उ.स., सोनाहाफाटा सा.व. र मधुवन नपा ३ स्थित गौरि महिला सा.व. मा डिभीजन वन कार्यालय बर्दियाद्वारा निर्माण जि मेश वायर विथ इलेक्ट्रिक छेकबारको समेत वस्तुस्थिति बुझिएको अनुगमनमा संलग्न निजी पारिवारिक  वन नेपाल बर्दियाका अध्यक्ष पार्वती काफ्लेले बताउनु भयाे।
अनुगमनमा सहकारी मार्फत जडिबुटि खेति बिस्तार भण्डारण प्रशोधन केन्द्र स्थापना र बजारीकरणक लागि डिभीजन वन कार्यालय बर्दियाको सहयोगमा शिव सहकारी संस्था मार्फत सञ्चालन गरिएको भण्डारण घरको जानकारी समेत लिईएको
डिभीजन वन कार्यालय बर्दियाका प्रमुख डिभिजनल वन अधिकृत बिडारीले बताउनु भयो।
वन वन्यजनतु जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत बारबर्दिया नपा बडा नं ८ औरि थानफेनामा वन्यजन्तु नियन्त्रणको लागि निर्माण गरिएको ८ सय ५० मिटर तारबारको समेतअनुगमन गरिएको छ।  तारबार गरे संगै वन्यजन्तुबाट हुने क्षति एकदमै न्युन हुँदै गएको स्थानीयले बताए।