May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

नेपालमा पहिलो पटक गुलरिया शिक्षकहरूलाई लेखा प्रणाली व्यवस्थापन प्रणाली तालिम प्रदान

नेपालमा पहिलो पटक गुलरिया शिक्षकहरूलाई लेखा प्रणाली व्यवस्थापन प्रणाली तालिम प्रदान

गुलरिया । नेपालमा पहिलो पटक गुलरिया नगरपालिकाले सामुदायीक विद्यालयका शिक्षकहरूलाई लेखा प्रणाली व्यवस्थापन प्रणाली तालिम प्रदान गरेको छ। गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले मुख्यमंत्री शैक्षिक सुधार कार्यक्रम कार्यक्रम अन्तर्गत ४७ जना प्रधानाध्यापक र ४७ जना लेखा हेर्ने शिक्षक गरी ९४ जनालाई तालिम प्रदान गरिएको शाखा प्रमुख सतीश यादवले बताउनु भयाे। तालिमका सहभागीहरूलाई गुलरिया नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, लेखा अधिकृत रूप सिंह खत्री, सब इञ्जिनियर अर्जुन लम्साल, प्रशिक्षक विपिन कुमार पोखरेलले प्रमाण पत्र वितरण गर्नु भयो।