December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

घडियाल गोहीले कर्णाली नदीको भंगालो खौरहामा २८ वटा बच्चा कोरल्यो

घडियाल गोहीले  कर्णाली नदीको भंगालो खौरहामा  २८ वटा बच्चा कोरल्यो

ठाकुरद्वारा। अति सङ्कटापन्न सूचीमा रहेको दुर्लभ घडियाल गोहीले २८ वटा बच्चा कर्णाली नदीको एक भंगालो खौरहामा कोरलेको छ | धेरै वर्ष पछी यस क्षेत्रमा घडियाल गोहीले प्राकृतिक वासस्थानमा बच्चा कोरलेको पाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताउनु भयो। यसै गरि बबई नदीको धनुषे क्षेत्रमा पनि यसै वर्ष करिव २५ वटा घडियालका बच्चाहरु कोरलेको पाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जस्थित घडियाल गोही प्रजनन् केन्द्रमा पनि यस वर्ष ५० वटा घडियालको बच्चाहरु कोरलिएको छ ।