April 29, 2026, Wednesday
१६ बैशाख २०८३, बुधबार
Trending

पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको वैज्ञानिक समाधान खोजिने

पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको समस्याको वैज्ञानिक समाधान खोजिने

काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडा लगायत अन्य समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ ।पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधीहसँग आज मन्त्री निवास पुल्चोक ललितपुरमा कुराकानी गर्नुहुँदै माननीय मन्त्रीज्यूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी र ढुवानीकर्ताहरुको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पार्नुहुँदै सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आस्वस्त पानुपर्ने बताउनुभयो ।

त्यसअवसरमा नेपाल एल.पी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पदार्थ डिलर्श एशोसियशनका प्रतिनिधिहरुले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्रीज्यूलाई संयुक्त रुपमा ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले मन्त्रीज्यूलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिनुहुँदै उहाँको कुशल व्यवस्थापन र नेतृत्वमा अहिले देखिएका सबै समस्याको समाधान हुनेमा आफूहरु विश्वस्त रहेको धारणा समेत राख्नुभयो ।