January 9, 2025, Thursday
२५ पुष २०८१, बिहीबार

लुम्बिनीमा १०९ मध्ये ७५ स्थानीय तहमा कांग्रेसको स्थानीय सरकार हुन्छ

लुम्बिनीमा १०९ मध्ये ७५ स्थानीय तहमा कांग्रेसको स्थानीय सरकार हुन्छ

कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा आगामी स्थानीय निर्वाचनमा तालमेल हुन सक्ने बताउनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ (ख) द्वारा आज यशोधरा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुन सोलोडोलोको आधारमा नभई स्थानीय जनमतको आधारमा तालमेल हुन सक्ने बताउनु भएको छ ।
सभापति पुनले आगामी स्थानीय निर्वाचनमा लुम्बिनीका दुइतिहाई स्थानीय तहमा कांग्रेसले विजयी प्राप्त गर्ने बताउनु भएको छ । उहाँले लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्ये ७५ स्थानीय तहमा कांग्रेसले स्थानीय सरकार निर्माण गर्ने दावी गर्नु भएको छ । संविधानको सस्थागत कार्यनयन गर्ने दायित्व कांग्रेसको सामु आएको उल्लेख गर्दै सभापति पुनले स्थानीय सरकारमा कांग्रेसको नेतृत्व रहे मात्र संघीयताको प्रभावकारी सबलीकरण हुने धारणा व्यक्त गर्नु भएको छ ।