October 5, 2022, Wednesday
१९ आश्विन २०७९, बुधबार
Trending

लुम्बिनी विकास राष्ट्रिय समृद्धिको आधारशिला बन्न सक्छ : कांग्रेस सभापति पुन

लुम्बिनी विकास राष्ट्रिय समृद्धिको आधारशिला बन्न सक्छ : कांग्रेस  सभापति पुन

कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनीको विकास भए नेपालको समृद्धिको आधारशिला तय हुन सक्ने बताउनु भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा आज बानगंगामा आयोजित कपिलवस्तु महोत्सव तथा कृषि पर्यटन प्रदशनीलाई सम्बोधन गर्दै सभापति पुनले लुम्बिनीको विकास राष्ट्रिय विकासको महत्त्वपूर्ण आधार भएको बताउनु भएको हो ।
संविधानसभा सदस्य समेत रहनु भएका पुनले संघीय सरकार र प्रदेश सरकारले लुम्बिनीको पर्यटन, कृषि तथा संस्कृतिक प्रबर्द्धनका लागी विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ । उहाँले अबको यात्रा विकास र समृद्धिको यात्रा हुनु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो:, हामीले राजनीतिक क्रान्तिको महत्त्वपूर्ण अध्याय पूरा गरेका छौं । नेपाली जनताको सात दशक लामो संघर्षबाट संविधान प्राप्त गरेका छौं । अब हामी देशको आर्थिक, सामाजिक, शैक्षिक र पर्यटन विकासमा केन्द्रित हुनुपर्ने छ । सभापति पुनले नेपाल संघीयता कार्यनयनको प्रारम्भिक चरणमा रहेकोे कुरामा जोड दिदै स्थानीय, प्रदेश र संघीय सरकारको सहि व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनु भएको छ ।