December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

सरकारी निकायमा शासकीय सुधार गर्न आवश्यक छ : मन्त्री शर्मा

सरकारी निकायमा शासकीय सुधार गर्न आवश्यक छ : मन्त्री शर्मा

गुलरिया । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आम नागरिकको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले प्रदेश सरकार आम नागरिकको सुरक्षाप्रति संवेदनशिल रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेशका पत्रकारहरुको दुर्घटना  बीमा सम्झौता  हस्ताक्षर पछिको कार्यक्रममा  बोल्दै मन्त्री शर्माले सरकारी कामहरु ढिलासुस्ती हुने गरेको स्वीकार गर्दै सरकारी निकायहरुमा शासकीय सुधार गर्न आवश्यक रहेको बताउनु भयाे । शासकीय सुधार गरेर मात्र नागरिकलाई सहज रुपमा सेवा दिन सकिने भएकाले त्यसतर्फ पत्रकारहरुको ध्यान जान आवश्यक रहेको मन्त्री शर्माको तर्क छ। मुलुकको परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका रहेकाले पत्रकारहरुको दुर्घटना विमादेखि हरेक प्रकारका कार्यक्रमका लागि प्रदेश सरकार सहयोगी बन्ने उहाँको प्रतिवद्वता छ।  उँहाले विमा कम्पनीहरुका झन्झटिला प्रक्रियालाई सुधार गरेर नागरिकलाई सहज रुपमा सेवा दिन आग्रह गर्नु भयो।  मन्त्री शर्माले पत्रकारहरुसंग समन्वय गरेर काम गर्ने बताउनु भयो ।प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव आभा कर्ण श्रेष्ठले मिडियामैत्री शासकीय पद्वति बनाउनु पर्नेमा जोड दिनु भयाे। जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारहरु भौतिक र आर्थिक रुपले सुरक्षति हुनुपर्ने बताउंदै विमा कम्पनीहरु पत्रकारहरुका लागि सहयोगी बन्न सक्ने बताउनु भयो। पत्रकार महासंघ लुम्बिनी अध्यक्ष बसन्तराज गिरीले पत्रकारहरुलाई सहयोग पुग्ने गरी दुर्घटना बीमा गरिएको बताउनु भयो।प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गर्दै पत्रकारहरुको भौतिक र आर्थिक सुरक्षाप्रति गम्भीर बन्न आग्रह अध्यक्ष गिरीले प्रदेश सरकारलाई आग्रह गर्नु भयो। मिडियाको लागि छुट्टाइएको बजेट सहमयमा सही ठाउंमा खर्च हुने गरी छिटोभन्दा छिटो कार्यक्रम ल्याउन आग्रह गर्नु भयो ।  राष्ट्रिय विमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाले पत्रकारहरुको हितका राष्ट्रिय विमा कम्पनी सहयोगी बन्ने प्रतिवद्वता जनाउनु भयो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अधिकृत फर्शुराम भट्टराईले लुम्बिनी प्रदेशका १२ जिल्लामा १७ सय भन्दा वढि पत्रकार भएपनि यस अघि जिल्लाको विमा पोलिसिमा सहभागी नभएका पत्रकारहरुको मात्र पहिलो चरणमा विमा गरिएको बताउनु भयाे।
लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा गरिएको छ। पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना विमा गरिएको हो।