July 10, 2025, Thursday
२६ असार २०८२, बिहीबार
Trending

लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन गर्दैछौ : मन्त्री चौधरी

लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन गर्दैछौ : मन्त्री चौधरी

लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा सरोकारवाला निकायसँग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम ल्याउने बताउनु भएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको कालिगण्डकी, रुकुमको सानो भेरी, दाङको बबई, प्युठानको राप्ती, बाँकेको राप्ती सुनारीलगायतका क्षेत्रमा र्‍याफ्टिङ सञ्चालनको लागि अध्ययन थालिएको उँहाको भनाई छ। प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी भइरहेको बताउदै उँहाले बोर्ड गठनको प्रक्रिया सुरु भएको र केही दिनमा काम सकिने जानकारी दिनु भयो।
चौधरीले प्रदेशमा पर्यटन ऐनहरू ड्राफ्ट गर्ने काम भइरहेको बताउनु भयो ।
ठाउँअनुसार सांस्कृतिक कार्यक्रम तथा खानाका परिकारलाई प्रवर्द्धन गर्ने गरी अध्ययन थालिएको उहाँको भनाइ छ । ‘दाङ, बाँके र बर्दियामा थारु संस्कृतिका संस्कृतिका कार्यक्रम तथा खानाका परिकारलाई प्रचार गर्ने, रोल्पा, रुकुममा मगर समुदायको, प्यूठान, अर्घाखाँची र गुल्मीमा बाहुन क्षेत्रीको संस्कृति झल्कने कार्यक्रमहरू ल्याउन प्रदेश सरकारले अध्ययन थालेको छ,’ उँहाले भन्नु भयो।