December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ

परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ

लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकाश देवकोटाले अहिले प्रदेशमा कोरोना परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी दिनु भएको छ। उहाँले नयाँ भेरियन्टसँगै सङ्क्रमण फैलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको ५ हजार ५२८ सङ्क्रमित भएको र पाँच हजार ३६ होम आइसोलेसन, ५० जना संस्थागत आइसोलेसन, ३३ जना आइसियू र एक जना भेन्टिलेटरमा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेशमा लुम्बिनी प्रादेशिक, भीम अस्पताल, भेरी र राप्ती अस्पताललाई कोरोना डेडिकेटेट अस्पताल बनाएर तयारी अवस्थामा राखिएको प्रदेशका विभिन्न अस्पतालमा ६२४ एचडियू २५३ आइसियू र ६२ भेन्टिलेटर तयारी अवस्थामा राखिएकोे छ । अहिलेसम्म प्रदेशमा लक्षित जनसङ्ख्यामध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोस्रो मात्राको कोरोनाविरुद्धको खोप लगाइएको र प्रदेशमा अझै पनि १८ लाख ६२ हजारभन्दा बढी डोज आवश्यकता रहेको सो अवसरमा जानकारी दिइएको थियो छ ।


प्रदेश सरकार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शेर बहादुर केसीले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिइएको बताउनु भएको छ।
उहाँले संघीय सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीनवटा होल्डिङ सेन्टरको निर्माणको काम भईरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिनुभयो । रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ सेन्टर नबनेको र कपिलवस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।   प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भारतबाट आएका यात्रुका नाकामा कोरोना परीक्षण गर्दै आएको र सङ्क्रमण पोजेटिभ देखिएकाका व्यवस्थापमा समस्या रहेको जानकारी दिनुभयो । उहाँले बेलहिया नाकाबाट देशका विभिन्न ठाउँमा जाने यात्रु आउने र उनीहरुलाई गन्तव्यसम्म पु¥याउने चुनौती रहेको बताउनुभयो । नेपाली प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले प्रहरीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नागरिकमा सुरक्षा सचेतना फैलाउने अभियान चलाएको जानकारी दिनुुभयो । महासेनानी मचिन्द्र थापाले प्रदेशको रुपन्देही, बाँके र कपिलवस्तुमा अहिले होल्डिङ सेन्टर निर्माणको काम भइरहेको र कपिलवस्तुमा ८२ प्रतिशत भौंतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको जानकारी दिनुभयो ।