February 5, 2025, Wednesday
२३ माघ २०८१, बुधबार

सशस्त्र प्रहरी उपरीक्षक रावत सम्मानित

सशस्त्र प्रहरी उपरीक्षक रावत सम्मानित

गुलरिया । बर्दिया जिल्लामा नेपाली सीमा सुरक्षा गरी सीमा अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउनु भएका सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत सम्मानित हुनु भएको छ। शान्ति, सुरक्षा र प्रतिबद्धता भन्ने सशस्त्र प्रहरीको मूल आदर्श अनुरूप सशस्त्र प्रहरी बल नेपाल ३१ नंबर गण हेडक्वाटर बर्दिया गुलरियाको प्रमुख भई मिडिया प्रवर्धन , कोरोना लगायतका विपद् व्यवस्थापनमा उत्कृष्ठ योगदान पुर्याउनु भएका इमान्दार, मेहनती, राष्ट्रवादी, जनप्रेमी कुशल सशस्त्र प्रहरी उपरीक्षक रावत सम्मानित हुनु भएको हो । लुम्बिनी पत्र राष्ट्रिय दैनिक, www.lumbinipatradainik.com.npका प्रकाशक सम्पादक यम नाथ घिमिरेले जिल्लाबाशीका तर्फबाट सम्मान पत्र प्रदान गरी सम्मान गर्नु भएको हो। भक्तपुर सरुवा हुनु भएका लोकप्रिय सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतको बर्दियाका प्रजिअ सन्त वहादुर सुनार, प्रहरी उपरीक्षक ईश्वर कार्की लगायतले सम्मानजनक सरुवा विदाई गर्नु भएको छ।