January 9, 2025, Thursday
२५ पुष २०८१, बिहीबार

सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

सुबिधा सम्पन्न नागरिक सहायता कक्ष समुद्‌घाटन

बर्दिया । जिल्ला प्रहरी कार्यालयको परिसरमा नव-निर्मित सुबिधा सम्पन्न नागरिक सहायता कक्षको गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवबाट समुद्‌घाटन सु-सम्पन्न भएको छ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार , यस कार्यालयका कार्यालय प्रमुख ईश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावत, राष्ट्रिय अनुसन्धान उप अनुसन्धान निर्देशक प्रज्वल खड्का, गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष निरज शर्मा , गुलरिया नगरपालिकाका ईन्जिनियर विशाल पौडेल , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यम घिमिरे,  प्रहरी अधिकृतहरु तथा जवानहरुको उपस्थिती थियो।
कार्यक्रममा आर्थिक सहयोग प्रदान गरी भवन निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष निरज शर्मालाई कदर पत्र र  भवन निर्माण कार्यमा प्रभावकारी सक्रियता निर्वाह गर्ने प्रहरी नायव निरीक्षक धन बहादुर के. सी. लाई नगद पुरस्कार समेत प्रदान गरिएको छ।